लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटाको नयाँ भेरियन्ट ल्याउँदै, मूल्य साढे ५२ लाखबाट सुरु

२०७९ माघ २६ गते १०:२१
लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटाको नयाँ भेरियन्ट ल्याउँदै, मूल्य साढे ५२ लाखबाट सुरु


काठमाडौं। हुन्डाईको क्रेटाको नयाँ भेरियन्टको मूल्य नेपालमा सार्वजनिक गरिको छ। हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले २०२३ मोडल क्रेटा नयाँ भेरियन्टको मूल्य सार्वजनिक गरेको हो।

Tata
GBIME

यसमा १.५ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन उपलब्ध छ। कम्पनीले पेट्रोल इन्जिनमा विभिन्न ६ भेरियन्टको मूल्य सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार नयाँ क्रेटा ई भेरियन्टको मूल्य ५२.५६ लाख, क्रेटा एस भेरियन्टको ५९.९६ लाख र एस प्लस भेरियन्टको ६४.९६ लाख रुपैयाँ तोकिएको छ।

यस्तै टप भेरियन्ट एसएक्सको मूल्य ६७.५६ लाख, एसएक्स (सीभीटी) को ७४.५६ लाख र एसएक्स (अप्सनल) सीभीटीको ७८.९६ लाख रुपैयाँ तोकिएको छ।

कम्पनीले केही समयको अवधिमा यो नयाँ मोडलको क्रेटा ल्याउने तयारी गरेको जनाएको छ। १० महिनादेखि लाग्दै आएको आयात प्रतिबन्ध खुला भएपछि नेपालमा नयाँ मोडलका गाडीहरु भित्रिन थालेका छन्।

हुन्डाईले पनि २०२३ क्रेटा नेपाल भित्र्याउने तयारी गरेको हो। यसले नयाँ भेन्यु ल्याएर बिक्री सुरु गरिसकेको छ।


Sunrise Bank