महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा ३५.३८ प्रतिशत बढ्यो, जीवन बीमा कोषमा ५६.४३ प्रतिशतको वृद्धि

बिजमाण्डू
२०७९ माघ २६ गते ०९:४४ | Feb 9, 2023
महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा ३५.३८ प्रतिशत बढ्यो, जीवन बीमा कोषमा ५६.४३ प्रतिशतको वृद्धि

काठमाडौं। बीमा शुल्क आर्जनमा वृद्धि आएपछि महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा ३५.३८ प्रतिशत बढेको छ। इन्स्योरेन्सले चालु आवको ६ महिनामा ७ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको हो। पोहोर पुसमा ५ करोड ३० लाख रुपैयाँ कमाएको थियो।

Tata
GBIME
Nepal Life

इन्स्योरेन्सको बीमा शुल्क आर्जनमा ८.६२ प्रतिशतको वृद्धि छ। पोहोर ६७ करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा अहिले ७३ करोड ७७ लाख रुपैयाँ छ।

इन्स्योरेन्सको अन्य स्रोतको आय ३५.४५ प्रतिशतको वृद्धि देखिन्छ। इन्स्योरेन्सको दिर्घकालिन लगानी तथा कर्जा ३ अर्ब ५४ करोड रुपैयाँ बढी छ। बीमालेख धितोमा राखेर कर्जा दिँदाको आम्दानी ६१ प्रतिशत बढेको छ। बीमालेख धितोमा कुल २६ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।

त्यहि अभिकर्तालाई दिने कमिसन घटेर १० करोड ९३ लाख रुपैयाँमा सिमित छ। पोहोर १२ करोड ९९ लाख रुपैयाँ दिएको थियो।

दावी भुक्तानीमा पनि वृद्धि छ। पोहोर ७ करोड ३७ लाख रुपैयाँको दाबी बापत भुक्तानी गरेको महालक्ष्मी लाइफले यस पटक १० करोड १७ लाख रुपैयाँ दिएको छ।

खराब बीमालेखका लागि गरिएको जोखिम व्यवस्थापनको रकम घटेको छ। र कर्मचारीको बोनसमा भने वृद्धि देखिन्छ। व्यवस्थापनको लागत पनि बढेको हो।

पोहोरभन्दा जीवन बीमा कोषमा कम्पनीले रकम सञ्चिति बढाएको छ। ५५ करोड ५६ लाख रुपैयाँ कोषमा सारेको हो। त्यसैले नाफा नोक्सानीको शिर्षकमा कम रकम गएको छ।

पुससम्म इन्स्योरेन्सको  जीवन बीमा कोष ५६.४३ प्रतिशतले बढेको हो। चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ पुगेको छ। आधारचूत सेयरधनीलाई कम्पनीले हकप्रद बेचेको थियो। यस्तै, जगेडा तथा कोषमा ६०.७० प्रतिशतको वृद्धि छ।