
काठमाडौं। सिद्धार्थ इन्स्योरेन्सको अधिकांश सूचकमा सामान्य सुधार देखिएको छ। बीमा शुल्क आर्जन साढे २४ प्रतिशत बढ्दा नाफामा झिनो सुधार देखिन्छ।
१४ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको हो। पोहोर १४ करोड ११ लाख रुपैयाँ कमाएको थियो। प्रति सेयर आम्दानी २०.९९ रुपैयाँ छ।
७५ करोड १४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो। जुन पोहोर पुसमा ६० करोड ३४ थियो।
इन्स्योरेन्सले लगानी तथा अन्य स्रोतबाट आर्जन गरेको आय पनि बढेको छ। कुल ११ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको हो।
दाबी भुक्तानी सुस्ताएको छ। ३० करोड ६८ लाख रुपैयाँ दिएको छ। एक अर्ब ३७ करोड रुपैयाँ बराबरको दाबी बापतको भुक्तानी बाँकी छ।
इन्स्योरेन्सको बीमा कोष १८ करोड २९ लाख रुपैयाँले बढेको छ। महाविपत्ति जगेडा एक करोड ८३ लाख रुपैयाँ बढेको हो। तर जगेडा १२ करोड ५० लाख रुपैयाँ घटेको छ। प्रति सेयर नेटवर्थ २१६.९१ रुपैयाँ छ।