कामना सेवा विकास बैंकका सीइओ हाजिरी जमानीमा छुटे, तीन फर्ममार्फत साढे ८ करोड घोटाला

बिजमाण्डू
२०७९ माघ २२ गते ११:३९ | Feb 5, 2023
कामना सेवा विकास बैंकका सीइओ हाजिरी जमानीमा छुटे, तीन फर्ममार्फत साढे ८ करोड घोटाला


काठमाडौं। कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)को संलग्नता आठ करोड रुपैयाँ भन्दा बढी घोटाला भएको खुलेको छ।

Tata
GBIME
Nepal Life

झापाको दमक शाखाबाट सीइओ प्रवीण बस्नेतको संलग्नता कमसल धितो देखाएर ऋण प्रवाह गरी घटना भएको खुलेको छ। प्रहरीमा उजुरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले घटना अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय दमकलाई निर्देशन दिएको थियो।

दमकले अनुसन्धान गरेपछि माघ १८ गते सीइओसहित ४ जनालाई पक्राउ गरेको थियो। दमकका तत्कालीन शाखा प्रबन्धन वीरेन्द्रसिंह भण्डारी, ऋणीहरू चन्द्रबहादुर थापा र हरेन्द्र दाहाललाई नियन्त्रणमा लिएको हो। तर प्रहरीले उनीहरूलाई हाजिरी जमानीमा छोडेको छ।

‘घटनामा अरु पनि संलग्न देखिएको छ। त्यसैले उनीहरूलाई पनि पक्राउ गरेर सँगै मुद्दा बुझाउने भएकाले अहिले हाजिरी जमानीमा छोडिएको छ,’ इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी दिलीप गिरीले भने।

प्रहरीको अहिलेसम्मको प्रारम्भिक अनुसन्धानमा ८ करोड ५० लाख रुपैयाँ भन्दा बढी घोटला भएको देखिएको छ।

प्रहरीले साढे ८ करोड बिगो माग दाबी सहितको प्रतिवेदन सरकारी वकिल कार्यालय मार्फत अदालतमा ल्यौजाने तयारी गरेको छ। घटनामा १५ जनालाई प्रतिवादी बनाइएको छ। बाँकी फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरूले तीन वटा फर्म मार्फत रकम घोटला गरेको खुलेको छ। मधुसूदन ट्रेड, मञ्जु ट्रेड र अर्को एक कम्पनीको नामबाट साढे ८ करोड रुपैयाँ घोटला भएको देखिएको छ। कारोबार नै फरक देखाएको मधुसूदन ट्रेडको नाममा २ करोड ४३ लाख रुपैयाँ ऋण प्रवाह भएको छ।

यो कम्पनी दमकमा रहेर निर्माण सामाग्रीको काम गर्ने भनिएको छ। त्यस्तै मञ्जु टेर्डसको नाममा ४ करोड रुपैयाँ प्रवाह गरिएको छ। बाँकी अर्को कम्पनीको नाममा ऋण प्रवाह गरिएको हो। यी कम्पनीको धितो भन्दा बढी ऋण प्रवाह गरिएको देखिएको हो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।