नेपाल इन्स्योरेन्स, आइएमई र प्रुडेन्सियल इन्स्योरेन्सको स्वाप रेसियोमा कुरा मिलेन, अर्को सातासम्म समय

बिजमाण्डू
२०७९ माघ १८ गते १६:५५ | Feb 1, 2023
नेपाल इन्स्योरेन्स, आइएमई र प्रुडेन्सियल इन्स्योरेन्सको स्वाप रेसियोमा कुरा मिलेन, अर्को सातासम्म समय


काठमाडौं। नेपाल इन्स्योरेन्स,आइएमई र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्जरका लागि स्वाप रेसियोमै विवाद बढेको छ।
क्रस होल्डिङ रहेका यी तीन कम्पनीलाई नेपाल बीमा प्राधिकरणले आज छलफलको लागि बोलाएको थियो।

Tata
GBIME
NLIC

उक्त छलफलमा तीन कम्पनीको स्वाप रेसियो नमिलेपछि कुरा अगाडि नबढेको प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले बताए।लामो समयसम्म छलफल जारी रहेपनि स्वाप रेसियोमा कम्पनीहरु मिल्न नखोजेपछि अर्को हप्तासम्मको लागि समय दिएको उनले बताए ।

‘एक सातापछि कम्पनीहरुलाई निचोड निकालेर आउन भनेको छौं’। यो समयभित्र पनि कुनै निर्णय नलिए प्राधिकरणनै अघि सर्ने उनको भनाइ छ। ‘के गर्ने अहिले निर्णय भएको छैन। कम्पनीहरुले तोकिएको समयमा मर्जरका लागि कुरा मिलाउन सकेन भने मात्रै के गर्नु पर्छ हामी हेर्छौं,’ उनले भने।

यी कम्पनीहरुमध्ये आइएमई र नेपाल इन्स्योरेन्समा चन्द्र ढकाल र आइएमई ग्रुपको लगानी छ। नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्समा विशाल ग्रुपको समेत लगानी रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले पहिलेदेखिनै तीन कम्पनीलाई क्रस होल्डिङ हटाउन निर्देशन दिएपनि मानेका छैनन्। नेपाल इन्स्योरेन्स,आइएमई र प्रुडेन्सियल इन्स्योरेन्सको केहि अघिदेखिनै मर्जरमा जाने कुरा रहेपनि स्वाप रेसियोमा विबाद सिर्जना पाइएको छ।

नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार तीन जीवन बीमा कम्पनी मर्जरका लागि हस्ताक्षेर गरेर स्वाप रेसियोमा कुरा नमिल्दा मर्जर टुंगिने अवस्थामा पुगेको थियो। प्राधिकरणले पनि यी तीन कम्पनीलाई मर्जरमा जानका लागि दवाव दिन सक्ने छ।