काठमाडौं। नेपाल धितोपत्र बोर्डले जलविद्युत क्षेत्रका दुई कम्पनीहरुलाई आइपीओ जारी गर्न स्वीकृति दिएको छ।
बोर्डले माघ १६ गते सोमबार डोल्टी पावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीलाई कुल ३२ करोड ४१ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न अनुमति दिएको हो।
बोर्डबाट निष्कासन अनुमति पाएका कम्पनीमध्ये डोल्टी पावर कम्पनीले १६ करोड ८ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता आइपीओ जारी गर्न अनुमति पाएको हो।
यस्तै, भूगोल इनर्जीले १६ करोड ३२ लाख १६ हजार रुपैयाँबराबरको १६ लाख ३२ हजार १६० कित्ता आइपीओ जारी गर्न अनुमती पाएको छ।
यी दुवै कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल छ। क्यापिटलका अनुसार दुवै कम्पनीले जारी पुँजीको ३० प्रतिशत सेयर निष्कासन गर्ने भएका हुन्। साथै दुवै कम्पनीले अंकित मूल्य प्रति कित्ता १०० रुपेयाँका दरले सेयर बिक्री गर्ने छन्।