समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन नियन्त्रणमा लिँदै राष्ट्र बैंक, टोली दाङ जाँदै



२०७९ माघ १८ गते ११:०४
समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन नियन्त्रणमा लिँदै राष्ट्र बैंक, टोली दाङ जाँदै


काठमाडौं। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको सुपर लघुवित्तको व्यवस्थापन नियन्त्रणमा लिने भएको छ। आउने आइबारबाट नियन्त्रणमा लिने गरी राष्ट्र बैंकको टोली दाङ जाँदैछ।

Tata
GBIME

‘भदौ मै संस्थालाई समस्याग्रस्त घोषणा गरिएको थियो। आन्तरिक छलफलपछि अब व्यवस्थापन राष्ट्र बैंकले आफूमा निवेश गर्दैछ,’ राष्ट्र बैंकका उपनिर्देशक दीपक पोख्रेलले भने। उनका अनुसार यसबारे औपचारिक पत्राचार भने आइसकेको छैन।

संस्थाका सञ्चालकहरुले व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गर्ने कार्यमा संलग्न भएको राष्ट्र बैंकको निष्कर्ष थियो। 

लघुवित्तले कुल ऋणमध्ये आधा भन्दा धेरै फर्जी कागजात बनाएर कृत्रिम व्यक्तिलाई ऋण लगानी गरेको थियो। राष्ट्र बैंकको अनुसन्धानले यस्तो देखिएको हो। लघुवित्तको प्राथमिक पुँजी कोष अनुपात पनि १०.३१ प्रतिशतले ऋणात्मक छ।

दाङको तुलसीपुर केन्द्रीय कार्यालय रहेको यस लघुवित्तको अध्यक्षता किरण चौधरीले गरेका थिए। संस्थाका सञ्चालकले अनियमितता गरेको थाहा पाएलगत्तै राष्ट्र बैंकले आव २०७८/७९ को पहिलो त्रैमासको वित्तीय विवरणका आधारमा समष्टिगत स्थलगत निरीक्षण सुरु गरेको थियो। 

विशेष निरीक्षणपछि राष्ट्र बैंकले २०७८ चैत २ गते लघुवित्तलाई समस्याग्रस्त घोषणा गरि स्पष्टिकरण मागेको थियो।


Sunrise Bank