सार्वजनिक हुनुअघि नै ७५ हजार गाडी बुकिङ भएको महिन्द्राको एक्सयुभी ७०० नेपालमा  

बिजमाण्डू
२०७९ माघ १६ गते १३:५० | Jan 30, 2023
सार्वजनिक हुनुअघि नै ७५ हजार गाडी बुकिङ भएको महिन्द्राको एक्सयुभी ७०० नेपालमा  

काठमाडौं। भारतमा सार्वजनिक हुनुअगावै ७५ हजार युनिट बुकिङ भएको महिन्द्रा एक्सयुभी ७०० नेपाल आएको छ।

Tata
GBIME
Nepal Life

महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेटले सोमबार उक्त गाडी नेपालमा सार्वजनिक गर्दैछ। यो गाडी महिन्द्राको नयाँ ट्वीन पिक लोगोसहित निर्माण गरिएको छ। कम्पनीले यसलाई प्रिमियम सेगमेन्टमा तयार पारेको छ। प्रिमियम सेगमेन्टका गाडीहरुमा हुने सबै फिचरहरु यसमा उपलब्ध रहेका छन्।

सरकारले डलर संचिति घट्दै गएको भन्दै इन्धन इन्जिनबाट चल्ने प्यासेन्जर सवारी आयातमा प्रतिबन्ध लगाएको थियो। त्यसपछि नेपालमा नयाँ गाडीहरुको आयात ठप्प थियो। तर सरकारले ८ महिनापछि उक्त आयात प्रतिबन्ध हटाएपछि महिन्द्राले यो गाडी नेपाली बजारमा ल्याएको हो। नयाँ गाडीहरु नेपाली बजारमा आउने क्रम बढ्दो रहेको छ। केही दिन अघि हुन्डाईले पनि नयाँ भेन्यु नेपालमा ल्याएको छ।

यो नयाँ गाडी सुरक्षामा फाइभ स्टार रेटिङ पाउन सफल गाडी हो। मजबुत संरचना रहेको यो गाडीमा डमीसहित परीक्षण गर्दा खतरा सूचक देखाउने अरेन्ज र रेड सिग्नल देखिएको थिएन। बयस्क र बच्चाका लागि यतिसम्मको सुरक्षा कायम हुनु अति उत्कृष्ट मानिन्छ। ग्लोबल एनसीएपी (न्यू कार एसेसमेन्ट प्रोग्राम) परीक्षण गरिएको थियो।

५ र ७ सिटर अप्सनमा उपलब्ध हुने एक्सयूभी ७०० तीन तीन भेरिएन्टमा उपलब्ध छ। ५ सिटर एक्सयूभी ७०० को मूल्य ७४ लाख, ८१ लाख र ८९ लाख हुनेछ भने ७ सिटर एक्सयूभी ७०० को मूल्य ८३ लाख, १ करोड ५ लाख र १ करोड १० लाख रुपैयाँ तोकिएको छ। कम्पनीले यसको बुकिङ समेत खुलाएको छ।

यस्ता छन् गाडीका विशेषता

आर्टिफिसियल इन्टेलिजेन्स सुविधा समावेश गरिएको यो एसयुभी तुलनात्मक हिसाबले सुरक्षित रहेको छ। लेन क्रस गर्दा, अधिकतम गति लिएको अवस्थामा, चालक सक्रिय नभएको अवस्थामा स्वचालित रुपमा अलर्ट गर्ने विशेषताहरु यसमा जडान गरिएको कम्पनीले जनाएको छ।

डब्लु ६०१ प्रोजेक्टअन्तर्गत इन्नोभेसनमा आधारित भएर एक्सयुभी ७०० को निर्माण गरिएको छ।

चालक तथा यात्रु सुरक्षालाई मध्यनजर गर्दै गाडीमा सातवटा एयरब्याग, क्यामरा, ड्राइभर अटेन्सन अलर्ट, डाइनामिक स्टाविलिटी कन्ट्रोल लगायतका सुविधा जडान गरिएको छ। गाडीमा जडान गरिएको अटो बुस्टर हेडल्याम्प मार्फत रातीको समयमा हाइ विम लाइटबिना नै प्रतिघण्टा ८० किलोमिटर गुडाउन सकिने कम्पनीले जनाएको छ। यस्तै, यो गाडीमा चालकले इच्छाअनुसारको आवाजबाट सेफ्टी अलर्ट फिचर पर्सनलाइज गर्न सक्ने सुविधा रहेको छ।

सुरक्षालाई मध्यनजर गर्दै गाडीमा चालक र सहचालकका लागि सिट बेल्टसँगै ल्याप प्रि-टेन्सनर राखिएको छ। इलेक्ट्रोनिक ब्रेक डिस्ट्रिब्युसनसहित एन्टी लक ब्रेकिङ सिस्टम राखिएको गाडीमा फ्रन्टल र साइड क्र्यास सेन्सर समावेश गरिएको छ।

सात सिट र पाँच सिट क्षमतामा रहेको यो गाडी महाराष्ट्रको प्लान्टमा उत्पादन हुँदै आएको छ। एडिएस (एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम) समावेश गरिएको यो गाडीमा अटोनोमस ब्रेकिङ सिस्टम, राडर सिस्टम, चालकका लागि थ्रीडी पानारोमिक भिजन, बइलिड ट्र्याकिङ मेकानिजम लगायतका अत्याधुनिक सुविधा जडान गरिएको छ।

यो गाडी २.० लिटरको टर्बो एम स्टालियन पेट्रोल इन्जिन र २.२ लिटरको एम हक डिजल इन्जिनमा उतपादन गरिएको छ। पेट्रोलियम इन्जिन मार्फत अधिकतम १९० बिएचपी शक्ति वहन गर्ने यो पहिलो एसयुभी रहेको कम्पनीको दाबी छ। कम्पनीका अनुसार आयल बर्नरयुक्त इन्जिनले भने अधिकतम १८५ बिएचपी शक्ति वहन गर्नेछ।

यो गाडी ६ स्पीड म्यानुअल र ६ सुपिड टर्क कन्भर्टर अटोमेटिक लगायत दुई ट्रान्समिसनमा उपलब्ध छन्।