हिन्डेनबर्गले लगाएको आरोपको १०० पेज लामो प्रतिक्रिया दिँदै अडानी ग्रुप

२०७९ माघ १५ गते १३:३५
हिन्डेनबर्गले लगाएको आरोपको १०० पेज लामो प्रतिक्रिया दिँदै अडानी ग्रुप


काठमाडौं। अडानी ग्रुपले न्युयोर्कस्थित इन्भेष्टमेन्ट रिसर्च फर्म हिन्डेनबर्गले लगाएको आरोपको विस्तृत प्रतिक्रिया जनवरी ३१ मा सार्वजनिक गर्ने भएको छ। अडानी ग्रुपले नयाँ सेयर बिक्री पूरा भएपछि मात्र सो विस्तृत प्रतिक्रिया जारी गर्नेछ।

Tata
GBIME

अडानी इन्टरप्राइजेजले गत शुक्रबार २०,००० करोडको फलो-अन पब्लिक अफरिङ (एफपीओ) दलाल स्ट्रिटमा बिक्री खुलाएको थियो। 

अडानीका कार्यकारीहरूसँगको कन्फ्रेन्स कलमा भाग लिने बन्ड होल्डरहरूका अनुसार एसियाको सबैभन्दा धनी व्यक्ति गौतम अडानीको स्वामित्वमा रहेको ग्रुपले शुक्रबार विस्तृत खण्डन दिने बताएको छ। 

अडानी ग्रुपले १०० पृष्ठभन्दा बढीको जवाफ तयार पारेको छ र कहिले रिलिज गर्ने भनेर कानुनी सल्लाह पनि खोजिरहेको छ। यो जनवरी ३१ भन्दा पहिले नहुने भए पनि, उनहरूले जवाफ ठ्याक्कै कहिले आउँछ भनेर प्रष्ट बनाएनन्। 

अमेरिकी अनुसन्धान संस्थाले हिन्डेनबर्गले गत बुधबार अडानीको स्वामित्वमा रहेका केही कम्पनीहरुले जाली वित्तीय विवरण र सेयर मूल्यमा चलखेल गरेको भन्दै प्रतिवेदन सार्वजनिक गरेको थियो। यस लगत्तै विश्वकै तेस्रो धनाढ्य भारतीय अडानी शुक्रबार सातौं स्थानमा ओर्लिएका छन्। त्यस्तै अडानी ग्रुपका कम्पनीहरुको सेयरमा उल्लेख्य गिरावट आइरहेको छ। 

ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार अडानी ग्रुपले दुई सत्रमा ५० अर्ब डलरभन्दा बढीको बजार मूल्य गुमाएको छ। जस कारण अडानीले २० अर्ब डलरभन्दा बढीको नेट वोर्त गुमाएका छन् जुन उनको कुल सम्पत्तिको एक-पाचौं भाग हो।

अदानी ग्रुपले हिन्डनबर्गको प्रतिवेदनलाई  ‘बोगस’ र ‘अनुसन्धान नगरिएको’ भन्दै अनुसन्धान फर्म विरुद्ध कानुनी कारबाही गरिरहेको बिहीबार बताएको थियो।


Sunrise Bank