मिड सोलु हाइड्रोपावरले करिब १५ करोडको आइपीओ ल्याउने, सेबोनमा दियो निवेदन

२०७९ माघ १२ गते १७:५०
मिड सोलु हाइड्रोपावरले करिब १५ करोडको आइपीओ ल्याउने, सेबोनमा दियो निवेदन


काठमाडौं। धितोपत्र बोर्डको आइपीओको पाइपलाइनमा थप एक कम्पनी थपिएको छ। पाइपलाइनमा मिड सोलु हाइड्रोपावर लिमिटेड थपिएको हो।

TATA
GBIME

यो कम्पनीले १४ करोड ९६ लाख ८० हजार बराबरको १४ लाख ९६ हजार ८०० कित्ता आइपीओ जारी गर्ने भएको छ।

बोर्डका अनुसार कम्पनीले आइपीओ निष्कासनका लागि माघ ११ गते बोर्डमा निवेदन पेस गरेको छ।

बोर्डको अन्तिम स्वीकृतिपछि मात्र कम्पनीले स्थानीय तथा वैदेशिक रोजगारीमा गएका नेपाली र सर्वसाधारणलाई दुई चरणमा आइपीओ निष्कासन तथा बिक्री गर्ने छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल छ।


Sunrise Bank