
काठमाडौं। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको छ। यो नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य हो।
अघिल्लो दिन प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँ कायम भएकोमा आज प्रतितोला ७ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँ पुगेको छ। यसको मूल्य अघिल्लो दिन १ लाख ५ हजार ७ सय रुपैयाँ थियो।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको प्रभाव परेको महासंघका अध्यक्ष माणिकरत्न शाक्यको भनाइ छ।