योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ, सदस्यमा तेस्रो पटक आए फुयाल

२०७९ माघ ९ गते १३:१७
योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ, सदस्यमा तेस्रो पटक आए फुयाल


काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ।

TATA
GBIME

दोस्रो पटक योजना आयोगको नेतृत्व पाएका श्रेष्ठले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथसँगै कार्यभार सम्हाल्दै छन्।

श्रेष्ठ यसअघि २०७३ भदौमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा आयोगको उपाध्यक्ष भइसकेका हुन्।

उनी राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत हुन्। राष्ट्र बैंकमा उनले २८ वर्ष काम गरेका थिए।

यसैगरी आयोगको सदस्यमा डा. रामकुमार फुयाल तेस्रो पटक नियुक्त भएका छन्। उनी यसअघि २ पटक गरी चार वर्ष सदस्य भइसकेका छन्।


Sunrise Bank