सुन तोलामा ३ सय बढ्यो, कारोबार मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय

बिजमाण्डू
२०७९ माघ ९ गते ११:२२ | Jan 23, 2023
सुन तोलामा ३ सय बढ्यो, कारोबार मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय

काठमाडौं। सुनको मूल्य फेरि बढेको छ। साताको पहिलो दिन तोलामा २ सय रुपैयाँ घटेको मूल्य सोमबार तोलामा ३ सय रुपैयाँले बढेको हो।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

आइतबार तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा झिनो वृद्धि छ। ५ रुपैयाँ बढ्दा सोमबार प्रतितोला १३ सय ८० रुपैयाँ भएको छ। आइतबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिऔंस १९२६.०८ डलरमा कारोबार भएको सुन सोमबार १९२९.४१ डलर छ। चाँदी भने २३.९८ डलरमा स्थिर रहेर कारोबार भएको तथ्यांकले देखाएका छन्।