पीडित किसानहरुलाई प्रधानमन्त्री प्रचण्डको आश्वासन : मिटरब्याजी समस्या समाधान गर्छु

२०७९ माघ ६ गते ११:२५
पीडित किसानहरुलाई प्रधानमन्त्री प्रचण्डको आश्वासन : मिटरब्याजी समस्या समाधान गर्छु


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याजी समस्याबाट पीडित किसानहरूले भेट गरेका छन्। प्रधानमन्त्रीसँग पीडितहरुले शुक्रबार बिहान बालुवाटारमा भेट गरेका हुन्।

TATA
GBIME

सो क्रममा प्रधानमन्त्री प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन्।

प्रधानमन्त्रीले भने, ‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छौं। मिटरब्याजी समस्याले हजारौं किसानहरू पीडित हुनुभएको छ। यसलाई मैले राम्रोसँग बुझेको छु। यसपटक तपाईहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु।’

प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिहरूले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए।


Sunrise Bank