सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट, कतिमा हुँदैछ कारोबार?

२०७९ माघ ४ गते ११:१३
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट, कतिमा हुँदैछ कारोबार?


काठमाडौं। सुनको मूल्य थोरै घटेको छ। बुधबार सुनको भाउ अघिल्लो दिनको भन्दा तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

TATA
GBIME

महासंघका अनुसार बुधबार सुनको कारोबार मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। मंगलबार तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलबार १० रुपैयाँले घट्दै प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १८९८.१ डलरमा कारोबार भइरहेको छ। यस्तै चाँदी प्रतिऔंस २३.९५ डलर छ। मंगलबार सुन प्रतिऔंस १९०९.८६ डलर र चाँदी २३.१३ डलर थियो।


Sunrise Bank