बिग मार्टमा क्युआरबाट भुक्तानी गर्दा १५% छुट, बुधबार र शनिबार तरकारी तथा फलफूल किन्नुपर्ने



२०७९ माघ ३ गते १८:११
बिग मार्टमा क्युआरबाट भुक्तानी गर्दा १५% छुट, बुधबार र शनिबार तरकारी तथा फलफूल किन्नुपर्ने


काठमाडौं। बुधबार र शनिबार तरकारी तथा फलफूल किन्दा स्मार्ट क्युआरबाट भुक्तानी गर्दा छुट पाउने भएका छन्।

TATA
GBIME

छुट अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम १५० रुपैयाँसम्म) छुट पाउने एससीटीले जनाएको छ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बिग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी गर्दा छुट पाउने बताइएको छ।

बिग मार्टको सम्पूर्ण शाखामा एनआइसी एशिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिन्छ।


Sunrise Bank