आइएमई पेबाट मोबाइल रिचार्ज गर्दा फेरि ५ प्रतिशत क्यासब्याक पाइने, नम्बर एपमा दर्ता हुनुपर्ने

बिजमाण्डू
२०७९ माघ ३ गते १४:३४ | Jan 17, 2023
आइएमई पेबाट मोबाइल रिचार्ज गर्दा फेरि ५ प्रतिशत क्यासब्याक पाइने, नम्बर एपमा दर्ता हुनुपर्ने


काठमाडौं। आइएमई पेले मोबाइल रिचार्जमा ५% सम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ। यसअघि ल्याइएको उक्त अफरमा ग्राहकहरुको माग उच्च भएकाले पुस ३० गतेबाट पुनः सुरु गरिएको हो।

Tata
GBIME
NLIC

अफरमार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप दर्ता गरेको मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा ५% क्यासब्याक र अन्य कुनै मोबाइल नम्बरमा रिचार्ज गर्दा २% क्यासब्याक पाउने कम्पनीले जनाएको छ।

आइएमई पेले हालसम्म ४० लाखभन्दा बढी प्रयोगकर्ताहरुलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।