बैंक नोट छाप्न सरकारले काभ्रेमा कारखाना खोल्दै, तीन वटा भवन बनाउने प्रक्रिया सुरु

बिजमाण्डू
२०७९ माघ १ गते ०९:५४ | Jan 15, 2023
बैंक नोट छाप्न सरकारले काभ्रेमा कारखाना खोल्दै, तीन वटा भवन बनाउने प्रक्रिया सुरु

काठमाडौं। सरकारले सुरक्षण मुद्रण छापाखानाको नयाँ भवन निर्माण गर्ने भएको छ। काभ्रेको पनौती नगरपालिका-५ मा प्रेस स्थापना गर्ने प्रक्रिया सरकारले अगाडि बढाएको छ।

Tata
GBIME
Nepal Life

संचार मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण विकास समितिले भवन निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु गरेको छ।

भवनसहित छापाखानाका सबै संरचना निर्माणका लागि ८८ हजार ७५१.१७ वर्ड मिटरको जग्गा आवश्यक पर्ने डिजाइन छ। यो परियोजनाको ग्राउन्ड कभरेज २१ हजार ७५१ वर्ग मिटर हुने छ।

जम्मा बिल्टअप एरिया भने ३१ हजार ६० वर्ग मिटर रहेको छ। निर्माण चरणमा दैनिक पानी ९० हजार लिटर र सञ्चालन चरणमा दैनिक ५ लाख ३ हजार ६५० लिटर आवश्यक पर्ने छ।

परियोजनाअन्तर्गत ब्लक ए, ब्लक बी र ब्लक सी भनेर तीन वटा भवन निर्माण गरिने छ। 

सेक्युरिटी प्रिन्टिङ प्रेसको सेवाहरुमा पेपर तथा कार्णमा आधारित प्रिन्टिङहरु हुने छ। बैंक नोट पनि छापिने छ।