
नयाँदिल्ली। भारतको नोयडामा आयोजना गरिएको अटो एक्स्पो बुधबारदेखि सुरु भएको छ। कोरोनाका कारण तीन वर्षपछि अटो एक्स्पो भएको हो।
एक्स्पोमा मारुती सुजुकी, हुन्डाई , किया, टोयटा, किर्लोस्कर, टाटा मोटर्स, एमजी, एसएमएल सुजुकी लगायतका ब्रान्डको सहभागिता छ।। महिन्द्रा एन्ड लक्जरी गाडी उत्पादकले भनेको पनि सहभागिता छैन।

भारतमै गाडी उत्पादन गर्ने कम्पनीहरुले नयाँ गाडीहरु सार्वजनिक गरेका छन्। पेट्रोल र डिजेलका गाडी उत्पादन गर्ने कम्पनीले विद्युतीय गाडी बजारमा ल्याएका छन्। जसमा मारुती सुजुकीको कन्सेप्ट इलेक्ट्रिक एसयुभी ईभीएक्ससँगै ग्रान्ड भिटारा, ब्रेजा नयाँ भर्जन सार्वजनिक भएको छ।
त्यस्तै टोयटाको विद्युतीय गाडी विजेटफोरएक्स, लेजेन्डर, इनोभा हाईक्रस रहेका छन्। एमजीको एक्टोर, मार्भल आर रहेका छन्।

हुन्डाई आयोनिक सिक्स र टाटा पञ्च इभी, अभिना कन्सेप्ट कार सार्वजनिक भएका छन्। कियाको ईभी ६ प्रोडक्सन, ईभी ९ कन्सेप्ट कार एक्स्पोमा राखिएको छ। लेक्ससको आरएक्स पनि एक्स्पोमा छ।



