कालिन्चोक दर्शनले माघ ३ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुलाउने

बिजमाण्डू
२०७९ पुष २४ गते १०:४३ | Jan 8, 2023
कालिन्चोक दर्शनले माघ ३ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुलाउने

काठमाडौं। कालिन्चोक दर्शनले माघ ३ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुलाउने भएको छ। कम्पनीले सर्वसाधारणका लागि ८ लाख ९६ हजार ४०० कित्ता जारी गर्दैछ।

Tata
GBIME
Nepal Life

अधिकतम ४ हजार ९ सय ९० कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ। कम्तिमा १० कित्ताका लागि आवेदन दिनु पर्छ। आवेदन दिने अन्तिम मिति माघ ६ गते हो। 

यस अघि कम्पनीले आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपीओ बिक्री खुलाएर बाँडफाँट गरिसकेको छ।

कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको २० प्रतिशत आइपीओ निष्कासन गरेको हो। 

जसमध्ये १ करोड २० लाख रुपैयाँ आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री गरेको हो। १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा गएकालाई बिक्री गरेको छ। 

कर्मचारीलाई २१ हजार ६०० कित्ता र म्युचुअल फण्डलाई ५४ हजार कित्ता सेयर छुट्याएको छ। बाँकी ८ लाख ९६ हजार ४ सय कित्ता सर्वसाधारणलाई बिक्री खुलाउँदैछ।