
काठमाडौं। टाटा मोटर्सले विद्युतीय गाडीको लाइन अपमा पन्चलाई पनि ल्याउने भएको छ। टाटाले पन्च माइक्रो एसयूभीलाई इलेक्ट्रिकमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
टाटाले टियागो इभी एक महिना अगाडि भारतीय बजारमा सार्वजनिक गरेको थियो। त्यस लगतै पन्चलाई पनि इभीमा ल्याउने तयारी थालेको हो। यस्तै टाटाले इभीको लागि डेडिकेटेड स्केटबोर्ड प्लाटफर्मको विकास गरिरहेको छ। तर कम्पनीले सुरुमा अल्फा प्लाटफर्ममा बनेका कारमा जीपट्रोन प्रविधि प्रयोग गरेर इभी निर्माण गरिहेको छ।
एक रिपोर्टका अनुसार कम्पनीले पन्चलाई दुई ब्याट्री प्याकमा ल्याउने तयारी गरेको हो। सलाई कम्पनीले स्टायडर्ड भेरियन्टमा २६ किलोवाट र लङ रेन्ज भेरियन्टमा र ३०.२ किलोवाट आवरको ब्याट्री प्याकमा ल्याउने अनुमान गरिएको छ।
पन्च इभीको एक्टेरियरमा पनि टाटाले अन्य इलेक्ट्रिक कारमा जस्तै सिग्नेचर स्टाइलिङ दिनेछ। इन्टेरियरमा पनि अन्य इभीमा जस्तै फरक देखाउन एसी भेन्ट र सिट कभरको सिलाईमा निलो रंगको प्रयोग गरिने कम्पनीले जनाएको छ।
यसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, ७ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, पुस बटम स्टार्ट स्टप, क्रुज कन्ट्रोल, इलेक्ट्रीक ओआरभीएम, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर जस्ता फिचर पाउन सकिन्छ। यो फिचर भने परिवर्तन हुने छैनन्।
यसैगरी कनेक्टिभीटी फिचरहरुको रुपमा लोकेसन ट्रयाकिङ, रिमोट जियो फेन्सिङ, रियल टाइम चार्जिङ स्टाटस, रिमोट भेहिकल हेल्थ डायनोसिस, चार्जिङ लोकेसन मोवाइलबाटै प्रयोग गर्न सकिने फिचरहरु पनि यसमा उपलब्ध हुनेछ।
यस्तै सुरक्षाको लागि दुईवटा एयरव्याग, इबीडी सहितको एबीएस ब्रेकिङ सिस्टम, टायर प्रेसर मोनिटरीङ सिस्टम, डाइनामिक गाइड लाइन सहितको रिभर्स पार्किङ क्यामरा, फलोमी होम हेडल्याम्प रहेको छ। त्यही फिचर यो इभीमा पनि हुनेछ।