सेन्ट्रल फाइनान्सले ५% लाभांश पारित गर्न डाक्यो एजीएम, पुस १७ देखि २९ गतेसम्म बुक क्लोज

बिजमाण्डू
२०७९ पुष ८ गते ०९:३० | Dec 23, 2022
सेन्ट्रल फाइनान्सले ५% लाभांश पारित गर्न डाक्यो एजीएम, पुस १७ देखि २९ गतेसम्म बुक क्लोज

काठमाडौं। सेन्ट्रल फाइनान्सले २६औं बार्षिक साधारणसभा डाकेको छ। फाइनान्सले पुस २९ गते केन्द्रिय कार्यालयमा साधारणसभा गर्ने भएको हो।

Tata
GBIME

फाइनान्सले साधारणसभामा लाभांशबाहेक अन्य नियमित एजेण्डा लैजाँदैछ।

फाइनान्सको सञ्चालक समिति बैठकले गतवर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो।

यो प्रस्ताव अनुमोदनका लागि साधारणसभामा लगिँदैछ।

यसबाहेक फाइनान्सले सञ्चालकहरुको सुविधा वृद्धि गर्ने प्रस्ताव साधारणसभामा लैजाँदैछ।

लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ।