
काठमाडौं। पोखरा फाइनान्सले गत आर्थिक वर्षका लागि ४.२१ प्रतिशत लाभांश दिने भएको छ। पोहोर फाइनान्सले साढे ८ प्रतिशत लाभांश वितरण गरेको थियो।
सञ्चालक समितिले ४ प्रतिशत बोनस दिन प्रस्ताव गरेको छ बाँकी ०.२१ प्रतिशत नगद लाभांश हो। कायम चुक्ता पुँजीमा लाभांश प्रस्ताव गरेको छ।
हाल फाइनान्सको चुक्ता पुँजी एक अर्ब ४ करोड ९ लाख रुपैयाँ छ। यसमा प्रस्तावित बोनस सेयर थपिँदा चुक्ता पुँजी एक अर्ब ४५ करोड ७२ लाख रुपैयाँ पुग्नेछ।
प्रस्तावित लाभांश राष्ट्र बैंक र फाइनान्सको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।