काठमाडौं। त्रिशूली जलविद्युत कम्पनीले २५ प्रतिशत सेयर जारी गर्ने विशेष प्रस्ताव साधारणसभामा लैजाने भएको छ। कम्पनीले पुस २६ गते साधारणसभा डाकेको छ।
कम्पनीको २ अर्ब ४७ करोड रुपैयाँ जारी पुँजी छ। यसमध्ये ५ प्रतिशत आयोजना प्रभावित नुवाकोट र रसुवाका स्थानीय तहलाई दिने छ। यो भनेको १२ लाख ३५ हजार कित्ता सेयर हो।
अर्को १० प्रतिशत सेयर कम्पनीले नुवाकोट र रसुवाका स्थानीयबासीलाई दिने छ। उनीहरुले २४ लाख ७० हजार कित्ता सेयर पाउने छन्।
अर्को ५ प्रतिशत सेयर नुवाकोट र रसुवाका बासिन्दाले स्थापना गरेको कम्पनीहरुलाई दिइने छ। ती कम्पनीहरुले १२ लाख ३५ हजार कित्ता सेयर पाउने छन्।
त्यसपछि नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) का कर्मचारीले ५ प्रतिशत अर्थात १२ लाख ३५ हजार कित्ता सेयर पाउने छन्।