एभरेष्ट होटलले पाँच हजार रुपैयाँमै दिन थाल्यो कोठा, खानामा पनि १० प्रतिशत छुट दिने

बिजमाण्डू
२०७९ पुष ४ गते १३:४१ | Dec 19, 2022
एभरेष्ट होटलले पाँच हजार रुपैयाँमै दिन थाल्यो कोठा, खानामा पनि १० प्रतिशत छुट दिने


काठमाडौं। एभरेष्ट होटलले सस्तो प्याकेजसहितको 'एभरेष्ट डेकेशन' योजना ल्याएको छ। योजनामा कोठामा ५० र खानामा १० प्रतिशत छुट पाउने होटलले जनाएको छ।

Tata
GBIME
NLIC

होटलले दिउँसोको समयमा कोठा ५ हजार रुपैयाँमा दिनेछ। 'हामीले उपत्यका बाहिरबाट काठमाडौं घुम्न आउने र स्थानीयलाई लक्षित गर्दै यो योजना ल्याएका हौं,' होटलका महाप्रवन्धक आशिष चलुले भने।

उनका अनुसार दिँवा समयका लागि पाहुनाले यो योजना अन्तर्गतको आठ घण्टा सेवा लिन सक्नेछन्। पाहुनाको माग अनुसार लागु गरेको यो योजना सीमित अवधिका लागि ल्याएको उनले बताए।