आशा लघुवित्तको ६७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्युनतम मूल्य ३९५, दर्खास्त म्याद एक साता

बिजमाण्डू
२०७९ पुष ४ गते १२:२१ | Dec 19, 2022
आशा लघुवित्तको ६७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्युनतम मूल्य ३९५, दर्खास्त म्याद एक साता


काठमाडौं। आशा लघुवित्त वित्तीय संस्थाले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ।

Tata
GBIME

६६ हजार ९ सय ९० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो। सेयरको न्युनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ। खरिदका लागि इच्छुक लगानीकर्ताले ७ दिन भित्र आवेदन दिनुपर्ने लघुवित्तले जनाएको छ।

आवेदन कम्पनीको केन्द्रीय कार्यालय ककनी नुवाकोट पुग्नेगरि पेस गर्नु पर्नेछ।

उक्त सेयर बिक्रीका लागि लघुवित्तले सुरुमा गत साउन १७ गते संस्थापकहरुकै लागि ३५ दिने सूचना जारी गरेको थियो।

तर संस्थापक समूहबाट पर्याप्त आवेदन नपरेका कारण लघुवित्तले उक्त सेयर जो कोही व्यक्ती तथा संस्थाका लागि बिक्री खुलाएको हो।

उक्त सेयर खरिद गर्न इच्छुक जो कोहीले आवेदन दिन सक्नेछन्।