नेपाल रेमिटले सीए सागर खनाललाई बनायो सीइओ, रेमिटेन्स क्षेत्रमा ७ वर्षभन्दा बढीको अनुभव

बिजमाण्डू
२०७९ मंसिर २१ गते १५:२२ | Dec 7, 2022
नेपाल रेमिटले सीए सागर खनाललाई बनायो सीइओ, रेमिटेन्स क्षेत्रमा ७ वर्षभन्दा बढीको अनुभव

काठमाडौं। नेपाल रेमिट इन्टरनेसनल प्रालिको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट सागर खनाल नियुक्त भएका छन्। २९ वर्षीय खनालसँग रेमिटेन्स क्षेत्रमा ७ वर्षभन्दा बढी काम गरेको अनुभव छ।

Tata
GBIME

व्यापार, रणनीति, योजना तथा मार्केटिङ र व्यवस्थापनमा राम्रो अनुभव भएका खनाल रेमिटेन्स क्षेत्रमा स्थापित नाम हो। 

खनाललाई एक समारोहकाबीच नेपाल रेमिट इन्टरनेसनलका अध्यक्ष रितश मित्तलले स्वागत गरेका छन्। विगत १७ वर्षदेखि रेमिटेन्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेसनलले डिजिटल रेमिटेन्समा अझै जोड दिँदै विश्वका विभिन्न कुनाबाट रेमिटेन्स भित्र्याउँदै आएको जनाएको छ। 

‘अहिले धेरै कुरा डिजिटल रुपमा भइरहेको भन्दै सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि हामीले डिजिटल रेमिटेन्सलाई प्राथमिकता दिँदै नेपालीलाई सेवा प्रदान गर्नेछौं। रेमिटेन्स समेत डिजिटल रुपमा भित्र्याएर मुलुकको डिजिटल अर्थतन्त्रलाई टेवा पुर्‍याउने हाम्रो लक्ष्य हो,’ खनालले भने।

नेपाल रेमिटले हाल देशभर रहेका १० हजारभन्दा बढी एजेन्ट नेटवर्कबाट सेवा प्रदान गर्दै आएको छ।