माया खोला हाइड्रोपावरले सर्वसाधारणमा ३४ प्रतिशत सेयर बिक्री गर्ने, मंसिर २३ गतेबाट आवेदन खुला

बिजमाण्डू
२०७९ मंसिर १४ गते ०९:०४ | Nov 30, 2022
माया खोला हाइड्रोपावरले सर्वसाधारणमा ३४ प्रतिशत सेयर बिक्री गर्ने, मंसिर २३ गतेबाट आवेदन खुला

काठमाडौं। माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुका लागि साधारण सेयर जारी गर्ने भएको छ। कम्पनीले प्रभावित, रोजगारीमा गएका र सर्वसाधारणलाई गरेर ३४ प्रतिशत सेयर बिक्री गर्ने छ।

Tata
GBIME

पहिलो चरणमा प्रभावित र रोजगारीमा गएकाहरुलाई बिक्री गर्ने भएको छ।

कम्पनीले मंसिर २३ गतेदेखि पुस ८ गतेसम्म सेयर जारी गर्ने छ। आयोजना प्रभावितले सेयरमा कम्तिमा १० कित्ता र अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्।

वैदेशिक रोजगारीमा गएकाले अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले जारी पुँजी एक अर्बको १० प्रतिशत सेयर आयोजना प्रभावितलाई छुट्याएको छ। यो सेयर संखुवासभाका विभिन्न गाउँपालिकाका बासिन्दाले पाउने छन्।

यसबाहेक कम्पनीले सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये १० प्रतिशत रोजगारीमा गएकालाई दिने छ। उनीहरुले २ लाख ४० हजार कित्ता पाउने छन्।