
काठमाडौं। माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो चयन भएका छन्। गैरआवासीय महासंघका संस्थापक अध्यक्षसमेत रहेका महतो पहिलो पटक माछापुच्छ्रे बैंकको सञ्चालक समितिमा गएका हुन्।
उनकै समूहको मुख्य लगानी रहेको स्टेन्डर्ड फाइनान्स माछापुच्छ्रे बैंकमा गाभिएको थियो, त्यसपछि त्यहाँको मुख्य सेयर लिएर बैंकलाई अगाडि बढाइएको थियो।
महतो समूह माछापुच्छ्रे बैंक छिरेपछि त्यहाँको संस्थागत सुशासनमा व्यापक सुधार गरिएको थियो।
उपेन्द्र महतोका भाइ डा. वीरेन्द्रकुमार महतो अध्यक्ष थिए। उनी प्रतिनिधिसभा निर्वाचनमा सिरहा-४ बाट निर्वाचित भएपछि दाई उपेन्द्र बैंकको अध्यक्ष बनेका हुन्। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनले संवैधानिक पदमा गएकाहरु बैंक सञ्चालक बन्न नपाउने व्यवस्था छ।