प्रभु इन्स्योरेन्सको संचालकमा महेशप्रसाद खनाल नियुक्त, कर्मचारी संचय कोषबाट प्रतिनिधित्व

बिजमाण्डू
२०७९ मंसिर १२ गते १४:०३ | Nov 28, 2022
प्रभु इन्स्योरेन्सको संचालकमा महेशप्रसाद खनाल नियुक्त, कर्मचारी संचय कोषबाट प्रतिनिधित्व

काठमाडौं। प्रभु इन्स्योरेन्स कम्पनीको संचालकमा महेश प्रसाद खनाल नियुक्त भएका छन्। कम्पनीले संस्थापक सेयरधनी कर्मचारी संचय कोषको तर्फबाट प्रतिनिधित्व गर्ने खनाललाई संचालक चयन गरेका हो।

Tata
GBIME

यसअघि संचय कोषको तर्फबाट राजेन्द्र शाक्यले कम्पनीको संचालकमा प्रतिनिधित्व गर्दै आएका थिए।

कात्तिक २८ गतेको पत्रद्वारा कोषको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक परिवर्तन गरी खनाललाई प्रतिनिधि पठाएकोमा  थियो। जसमा कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले  खनाललाई संचालकमा चयन गरेको जनाएको छ ।