
काठमाडौं। नेपाल रेल्वे कम्पनीले रेल चालकदेखि स्टेसन मास्टरसम्मको पदमा १० जना कर्मचारी करारमा माग गरेको छ। कम्पनीको केन्द्रिय कार्यालय धनुषाले आइतबार सूचना जारी गर्दै करारमा कर्मचारी माग गरेको हो।
कम्पनीले ४ जना रेल चालक, ४ जना स्टेसन मास्टर, ट्रयाक इन्जिनियर १ र एयर कन्डिस्नर इन्जिनियर १ जना मागेको छ। जनकपुरमा अहिले रेल सेवा सञ्चालनमा छ।
रेलका लागि चालक लाइसेन्स प्राप्त गरी कम्तीमा ५ वर्ष काम गरेको अनुभवी हुनुपर्ने कम्पनीले जनाएको छ।
यस्तै स्टेसन मास्टरका लागि स्नातक तह उत्तीर्ण गरी रेल्वे स्टेसन मास्टरका रुपमा कम्तीमा ५ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने छ।
यसैगरी अन्यका लागि सिभिल इन्जिनियरिङ र इलेक्ट्रिकलमा डिप्लोमा उत्तीर्ण गरी ३ वर्षसम्मको अनुभवी हुनुपर्ने कम्पनीले उल्लेख गरेको छ।