BIZMANDU
www.bizmandu.com

नेपाल रेल्वे कम्पनीमा रेल चालकदेखि स्टेसन मास्टरसम्मका पदमा १० जना कर्मचारी करारमा माग

२०७९ मंसिर ११

नेपाल रेल्वे कम्पनीमा रेल चालकदेखि स्टेसन मास्टरसम्मका पदमा १० जना कर्मचारी करारमा माग
नेपाल रेल्वे कम्पनीमा रेल चालकदेखि स्टेसन मास्टरसम्मका पदमा १० जना कर्मचारी करारमा माग

काठमाडौं। नेपाल रेल्वे कम्पनीले रेल चालकदेखि स्टेसन मास्टरसम्मको पदमा १० जना कर्मचारी करारमा माग गरेको छ। कम्पनीको केन्द्रिय कार्यालय धनुषाले आइतबार सूचना जारी गर्दै करारमा कर्मचारी माग गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले ४ जना रेल चालक, ४ जना स्टेसन मास्टर, ट्रयाक इन्जिनियर १ र एयर कन्डिस्नर इन्जिनियर १ जना मागेको छ। जनकपुरमा अहिले रेल सेवा सञ्चालनमा छ।

रेलका लागि चालक लाइसेन्स प्राप्त गरी कम्तीमा ५ वर्ष काम गरेको अनुभवी हुनुपर्ने कम्पनीले जनाएको छ।

यस्तै स्टेसन मास्टरका लागि स्नातक तह उत्तीर्ण गरी रेल्वे स्टेसन मास्टरका रुपमा कम्तीमा ५ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने छ।

यसैगरी अन्यका लागि सिभिल इन्जिनियरिङ र इलेक्ट्रिकलमा डिप्लोमा उत्तीर्ण गरी ३ वर्षसम्मको अनुभवी हुनुपर्ने कम्पनीले उल्लेख गरेको छ।