एसिया प्रशान्त क्षेत्रको हवाई सेवा सेवामुखी बनाउन आयटाको निर्देशन, ‘माग घट्नु चिन्ताजनक’

बिजमाण्डू
२०७९ मंसिर ९ गते ११:३७ | Nov 25, 2022
एसिया प्रशान्त क्षेत्रको हवाई सेवा सेवामुखी बनाउन आयटाको निर्देशन, ‘माग घट्नु चिन्ताजनक’

काठमाडौं। अन्तर्राष्ट्रिय हवाई यातायात संगठनले एसिया प्रशान्त क्षेत्रको उड्डयन उद्योगलाई थप चलायमान गराउन निर्देशन दिएको छ। संगठनले यो क्षेत्रमा संचालित उडानलाई प्रदूषणरहित संचालन गर्दै वायुसेवा कम्पनीहरुलाई सेवा थप चुस्त बनाउन भनेको हो।

Tata
GBIME

सन् २०१९ को तुलनामा यो वर्ष सेप्टेम्बरमा यात्रु माग ४१.५ प्रतिशत मात्र कायम भएका कारण संगठनले सेवाको गुणस्तर वृद्धिमा जोड दिइएको जनाएको छ।

'विगत तीन वर्षदेखि उड्डयन उद्योगले चुनौती सामना गर्दै आएको छ। एसियाली मुलुकका अधिकांश उड्डयन उद्योगले यो अवधिमा भारी घाटा व्यहोर्नुपरेको थियो। यतिखेर विभिन्न मुलुकले उड्डयन उद्योगको दिगो विस्तार योजना अगाडि बढाइरहेको छ,' संगठनका उपाध्यक्ष कोनराड क्लिफोर्डले भने,'सीमानाका पूर्णरुपमा नखुलाइएका कारण उडान सेवा विस्तारमा यो क्षेत्र पछि परेको छ।'

संगठनले तयार पारेको विवरण अनुसार उत्तर अमेरिकाले यही समय सन् २०१९ को ८९ प्रतिशतल क्षमतामा सेवा दिन सफल भएको छ भने अरु क्षेत्रले अधिकतम ८३ प्रतिशत क्षमतामा सेवा दिन सफल भएका छन्।

'एसीया प्रशान्तीय क्षेत्रको उड्डयन उद्योग पुनरुत्थानमा अगाडि बढ्न सक्छ। कोभिड महामारी अघिकै अवस्थामा उडान संचालन गर्न कुनै अप्ठ्यारो छैन। अब पूर्वाधार र मानव संसाधन विस्तार गर्दै क्षमता विस्तार गर्दै अगाडि बढ्न आवश्यक छ,' उनले भनेका छन्,'चीनले आफ्नो बोर्डर खुला गरेसँगै यो क्षेत्रको उड्डयन उद्योगले गति लिने आशा लिएका छौं।'