सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँट, १ लाख ५ हजार आवेदक खुसी हुँदा १४ लाखको हात खाली

२०७९ असोज ११ गते १०:५९
सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँट, १ लाख ५ हजार आवेदक खुसी हुँदा १४ लाखको हात खाली


काठमाडौं। सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओका लागि दरखास्त दिने १४ लाख ६ हजार ७ सय ३७ जनाको हात खाली भएको छ। कम्पनीले ल्याएको आइपीओ मंगलबार सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो। 

TATA
GBIME

कम्पनीको प्राथमिक निष्कासन बाँडफाँटमा १ लाख ५ हजार ८०० जना योग्य आवेदकले १०/१० कित्ताका दरले साधारण सेयर पाएका छन्। 

कम्पनीले जारी गरेको आइपीओका लागि १५ लाख ३८ हजार ८३८ वटा आवेदन परेको थियो। आवेदनअनुसार माग १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता सेयरको माग थियो। कम्पनीले जारी गरेको तुलनामा माग १६.२९ गुणा बढी परेको थियो। 

त्यसैले बाँडफाँटमा हात खाली हुने पनि धेरै छन्। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता सेयर जारी गरेको थियो।

जसमध्ये ३४ हजार ५०० कित्ता कर्मचारीका लागि र ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो।

यस्तै बाँकी रहेको १० लाख ५८ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो। आवेदकहरुले आफूलाई आइपीओ परे/नपरेको https://iporesult.cdsc.com.np/ मा गइ हेर्न सकिन्छ। 


Sunrise Bank