टाटाको गाडी बेच्ने सिप्रदीले ल्यायो ‘बडा पर्वको बडा अफर दसैं योजना’, जुनसुकै गाडी एक्सचेञ्ज



२०७९ असोज ९ गते १७:५५
टाटाको गाडी बेच्ने सिप्रदीले ल्यायो ‘बडा पर्वको बडा अफर दसैं योजना’, जुनसुकै गाडी एक्सचेञ्ज


काठमाडौं। सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर भेहिकल सेग्मेन्टका लागि 'बडा पर्वको बडा अफर दसैं योजना' ल्याएको छ।

TATA
GBIME

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदीले ल्याएको योजना अन्तर्गत टाटाका गाडीहरु खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सकिनेछ।

जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मूल्यांकन प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ। साथै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ।

निःशुल्क नामसारी, एक वर्षको सवारी कर, २ लाख नगद छुट र फाइनान्सको सुविधा लगायतका विशेष आर्कषणहरु छन्। स्टक सीमित मात्रामा भएकाले अफर अन्तर्गत गाडी खरिद गर्ने ग्राहकलाई दसैं अगावै डेलिभरी दिइने कम्पनीले जनाएको छ। 

ग्राहकले टाटा मोटर्सको सोरुममा गएर नयाँ स्किममा सहभागी भइ नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच-फाइभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन्।


Sunrise Bank