बैंकका शाखाबाट असोज २ गतेदेखि नयाँ नोट सटही,राष्ट्र बैंकमा गए अहिले पाइन्छ,बोरै बोकेर लाइनमा

बिजमाण्डू
२०७९ भदौ ३० गते १५:३१ | Sep 15, 2022

काठमाडौं। बैंंकले असोज २ गतेबाट दसैंका लागि नयाँ नोट साट्ने भएका छन्। राष्ट्र बैंकले आफ्नो काउन्टरबाट वितरण सुरु गरे पनि बैंकहरुमार्फत आगामी आइतबार (असोज २ गते)देखि थाल्न निर्देशन दिएको छ।

Tata
GBIME

राष्ट्र बैंकले बैंकहरुलाई भदौ २६ गतेबाटै नयाँ नोट उपलब्ध गराउन थालेको छ।

५, १०, २०, ५० र १०० दरका एक/एक बन्डल नोट सटही सुविधा पाइने छ। यो भनेको एक जनाले १८ हजार ५०० रुपैयाँ बराबरको नयाँ नोट पाउने छ।

राष्ट्र बैंकले यसपाली १८ देखि २० अर्बका नयाँ नोट सटही हुने अनुमान गरेको छ।