होटलको मधुवन गार्डेनको ड्रइङ रुममा रहेको लाउन्ज ७७ मा होटलले विभिन्न समय तालिकाअनुसार अफरहरु सार्वजनिक गरेको जनाएको छ।
शुक्रबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म प्रति ग्राहक १८८८++ रुपैयाँमा असिमित बियर पिउन सक्ने होटलले जनाएको छ। प्रति जोडी ३२००++ रुपैयाँमा उक्त अफर उपलब्ध हुने बताइएको छ।
यस्तै, साँझ ६ बजेदेखि राति १० बजेसम्म सबैलाई बियरमा प्रति पिन्ट स्पेसल फिक्स्ड प्राइस लागू हुने होटलले जनाएको छ। बियरको मूल्य प्रति पिन्ट ४४४++ रुपैयाँ तोकिएको छ।
भोलि शनिबारका लागि पनि होटलले अफर सार्वजनिक गरेको छ। शनिबार बिहान १० बजेदेखि राति १० बजेसम्म बियर प्रति पिन्ट ४४४++ रुपैयाँमै उपलब्ध हुने जनाएको छ।
होटलले प्रति जोडी ३२००++ रुपैयाँमा विशेष स्न्याक्स प्लाटर्स भेज ५००++ र नन भेज ६००++ रुपैयाँमा उपलब्ध रहेको याक एण्ड यतीले जनाएको छ।