
काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सचिवमा धुवप्रसाद न्यौपाने नियुक्त भएका छन्।
हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएर बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संचालक समितिको बैठकले साउन १ गते न्यौपानेलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो।
न्यौपाने यसअघि हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिडेका कम्पनी सचिव तथा नायव महाप्रबन्धक थिए।
मर्जपछि कम्पनीले चालु आर्थिक बर्षको पहिलो दिनदेखि एकिकृत कारोबार सुरु गरेका हो। दुई कम्पनी ८५:१०० स्वाप रेेसियोमा मर्जर भएका हुन्।
हाल संयुक्त कम्पनीको चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँ हाराहारीमा पुगेको छ। मर्जरअघि एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी सवा एक अर्ब रुपैयाँ हाराहारी र हिमालयनको १ अर्ब १७ करोड हाराहारी थियो।