राष्ट्रिय सूचना प्रविधि केन्द्रको रिक्त कार्यकारी निर्देशकमा प्रदीप शर्मा पौडेल नियुक्त

बिजमाण्डू
२०७९ साउन १ गते १५:३२ | Jul 17, 2022
राष्ट्रिय सूचना प्रविधि केन्द्रको रिक्त कार्यकारी निर्देशकमा प्रदीप शर्मा पौडेल नियुक्त


काठमाडौं। राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा सरकारले प्रदीप शर्मा पौडेललाई नियुक्त गरेको छ। 

Tata
GBIME
NLIC

असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

कार्यकारी निर्देशक बन्न संचार मन्त्रालयले विभिन्न ११ जनाको आवेदन स्वीकृत गर्दै कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट गरेको थियो। 

सरकारले केन्द्रको कार्यकारी निर्देशक सुनिल पौडेललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाएपछि उक्त पद रिक्त थियो। पौडेल टेलिकम गएपछि केन्द्रको कामु कार्यकारी निर्देशकको जिम्मा सफल श्रेष्ठले सम्हाल्दै आएका छन्।