इन्स्योरेन्सको चुक्ता पुँजी हाल १ अर्ब ४० करोड रुपैयाँ छ। यसको ६० प्रतिशत रकम पुनः लगानीकर्ताले थप्दा चुक्ता पुँजीको आकार २ अर्ब २४ करोड रुपैयाँ पुग्नेछ।
बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई २०७९ चैतसम्म चुक्ता पुँजी ५ अर्ब पुर्याँउन निर्देशन दिएको छ। समितिको निर्देशनबमोजिम पुँजी पुर्याउन सन नेपाल लाइफलाई २५७ प्रतिशत अधिक पुँजीको खाँचो छ।
६० प्रतिशत चुक्ता पुँजी संस्थापकहरुबाट उठाएपछि पनि इन्स्योरेन्सले थप २ अर्ब ७६ करोड रुपैयाँ पुँजीको जोहो गर्न आवश्यक देखिन्छ। जसको प्रमुख समाधान आइपीओ जारी गर्ने र मर्जरमा जाने हो। हालसम्म कम्पनीले कुनै पनि प्राथमिक सेयर निष्कासन भने गरेका छैनन्।
यस्तै, वैशाख ९ गते बसेको चौथो वार्षिक साधारण सभाको निर्णय अनुसार पुँजी वृद्धि गर्न कम्पनीको प्रबन्धपत्र र नियमावली संसोसधन समेत गरिसकेको छ। संस्थापक सेयरधनीहरुबाट लगानी भएको रकमको थप ६० प्रतिशत रकम माग गरी पुँजी वृद्धि गर्न इन्स्योरेन्सले बीमा समितिबाट अनुमति समेत पाइसकेको छ।
इन्स्योरेन्सले सेयरधनीहरुलाई असार ३० सम्म कम्पनीको बैंक खातामा रकम जम्मा गर्न अनुरोध गरेको छ।