सुपारी र केराउको आयातमा १००% मार्जिन आवश्यक, राष्ट्र बैंकले वाणिज्य बैंकलाई पठायो सर्कुलर



२०७९ जेठ २६ गते १४:२३
सुपारी र केराउको आयातमा १००% मार्जिन आवश्यक, राष्ट्र बैंकले वाणिज्य बैंकलाई पठायो सर्कुलर


काठमाडौं। कोटामा आयात हुँदै आएको सुपारी, केराउ, मरिच र छोकडामा राष्ट्र बैंकले मार्जिनको ब्यवस्था गरेको छ। औद्योगिक प्रयोजन होस् या अन्य कुनै त्यसमा अनिवार्य रुपमा सत् प्रतिशत मार्जिन आवश्यक हुने राष्ट्र बैंकले ब्यवस्था गरेको हो। 

Tata
GBIME

बिहीबार बैंकले सर्कुलर जारी गर्दै औद्योगिक प्रयोगमा उपयोग हुने सुपारी, केराउ, मरिच र छोकडामा विदेशी मुद्रा सटहीको सुविधा दिन राष्ट्र बैंकको परिपत्रमा भनिएको छ।

सरकारले आगामी बर्षको बजेटमा भन्सार दर बढाएको छ। अब यस्ता बस्तुको आयात खोल्दा बैंकहरुले सत् प्रतिशत मार्जिन राख्नु पर्ने ब्यवस्था गरेको हो।

भन्सार शिर्षक नम्बर ०७१३१०००, ०८०२९०००, ०८०२९००० र ०९०४११०० मा आयात हुने वस्तुहरु औद्योगिक प्रयोजनका लागि उद्योग विभागको सिफारिसमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमतिमा सम्बन्धित उद्योगले नै आयात गर्न सक्ने हुदाँ उक्त व्यवस्थाको अधीनमा रही विदेशी मुद्रा सटहीको सुविधा दिन सकिने उल्लेख छ। (यसअघि भुलवस मार्जिन नचाहिने भनेर प्रकाशित भएकोमा सच्याइएको छ)