तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव पोष्टमार्टम पछि परिवारलाई हस्तान्तरण

बिजमाण्डू
२०७९ जेठ १९ गते १५:१८ | Jun 2, 2022
तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव पोष्टमार्टम पछि परिवारलाई हस्तान्तरण


काठमाडौं। तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ।

Tata
GBIME
Nepal Life

आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो।

निधन हुनेहरुको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर मृतकको परिवारलाई बिहीबार हस्तान्तरण गरिएको हो।

दुर्घटनामा परेको जहाज सोमबार बिहान फेला परेको थियो। सोमबार र मंगलबार गरी दुई चरणमा शवहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।