फोन पेको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त, ९ वर्ष बढी फिनटेकमा काम गरेको अनुभव

बिजमाण्डू
२०७९ जेठ १७ गते १२:२६ | May 31, 2022
फोन पेको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त, ९ वर्ष बढी फिनटेकमा काम गरेको अनुभव



काठमाडौं। फोन पेको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन्। थापालाई मंगलबार फोन पेको संचालक समितिले नियुक्त गर्ने निर्णय गरेको हो। 

Tata
GBIME
NLIC

वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा ९ वर्षभन्दा बढी अनुभव सम्हालिसकेका थापा नेपाल क्लियरिङ हाउस लिमिटेडमा ‘हेड–प्रोडक्ट र सिस्टम डेभलपमेन्ट’ को रूपमा कार्यरत थिए। 

राष्ट्रिय भुक्तानी स्वीच परियोजनाको कार्यान्वयनमा उनको प्रमुख भूमिका थियो। इन्जिनियरिङ, प्रविधि डिजाइन, समाधान विकास, सरोकारवाला सचेतना र म्यानुअल भुक्तानी प्रक्रियाको डिजिटलाइजेसनको कार्यान्वयनमा थापा सक्रिय रहेको फोन पेले जनाएको छ।

कम्प्युटर एप्लिकेसनमा मास्टर्स गरेका थापाले क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत वैकल्पिक वित्तको लागि क्याम्ब्रिज केन्द्रबाट ‘क्याम्ब्रिज फिनटेक र रेगुलेटरी इनोभेसन’ कार्यक्रम पूरा गरेका छन्। 

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन्। फोन पेमा हालसम्म ६ लाख ७० हजारभन्दा बढी मर्चेन्ट छन्। एक करोड ४० लाखभन्दा धेरै मोबाइल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एप मार्फत फोनपेले सेवा पुर्‍याउँदै आएको छ।