अजोड इन्स्योरेन्सको सीइओमा दोहोरिए कुमार खत्री, चार वर्षे दोस्रो कार्यकालका लागि नियुक्त

बिजमाण्डू
२०७९ जेठ १० गते २०:२१ | May 24, 2022
अजोड इन्स्योरेन्सको सीइओमा दोहोरिए कुमार खत्री, चार वर्षे दोस्रो कार्यकालका लागि नियुक्त

काठमाडौं। अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा कुमारबहादुर खत्रीलाई पुनः नियुक्त गरेको छ। 

Tata
GBIME

खत्रीलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिने कम्पनी बोर्डको निर्णय तथा प्रस्तावलाई बीमा समितिले स्वीकृति दिएको छ। समितिले जेठ ९ मा स्वीकृति दिएको हो।

यससँगै उनी अब थप चार वर्षका लागि अजोडको सीईओको भूमिकामा रहने भएका छन्।

कम्पनीको संचालक समितिको १०४ औं बैठकको खत्रीलाई चार वर्षका लागि दोस्रो कार्यकाल थप गर्ने निर्णय गरेको थियो। सोपछि कम्पनीले स्वीकृतिका लागि समितिमा पठाएको थियो।