यसरी हुँदैछ काठमाडौं महानगरपालिकाको मतगणना, दलका प्रतिनिधिलाई परिचयपत्र वितरण हुँदै

बिजमाण्डू
२०७९ बैशाख ३१ गते ०९:०९ | May 14, 2022
यसरी हुँदैछ काठमाडौं महानगरपालिकाको मतगणना, दलका प्रतिनिधिलाई परिचयपत्र वितरण हुँदै

काठमाडौं। काठमाडौं महानगरपालिकाको मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ। शुक्रबार राति बसेको सर्वदलीय बैठकले आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो।

Tata
GBIME
Nepal Life

निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना गरिनेछ। कार्यालयले अहिले मतगणनाका लागि दलका प्रतिनिधिलाई परिचयपत्र वितरण गरिरहेको र सोपश्चात् मतगणना सुरु गर्ने निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए।

सुरुआती चरणमा एक ठाउँबाट गणना गर्ने तयारी गरिएको र केहीबेरमा गणनास्थल थप गरिने उनले जानकारी दिए।

सुरुमा वडा नं १ र ३२ को मत गणना गरिने अधिृकत श्रेष्ठले बताए। शुक्रबार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३.४९ प्रतिशत मत खसेको थियो। रासस