संचालक समितिको ३६७ औं बैठकको निर्णय अनुसार कम्पनीले जेठ २३ गते सोमबार सभा गर्ने भएको हो।
सभा शंखमुलको अनमोल ब्याङ्केटमा बिहान ११ बजेबाट हुनेछ। बीमा समितिको निर्देशन अनुसार कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिने छ।
साथै चल-अचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नका लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गरिने छ। यसका साथै संचालक समितिमा संस्थापक सेयरधनी समूह 'क' तर्फबाट प्रतिनिधित्व गर्ने चार जना र सर्वसाधरण सेयरधनीबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको नियुक्ति गरिने लगायत प्रस्तावहरु परित गरिने छ।
साधारणसभा प्रयोजनका लागि जेठ ९ गते सेयर दाखिला खारेजी मिति तोकेको छ। तसर्थ जेठ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र सभामा उपस्थिति जनाउन पाउने छन्।