वैशाख २५ को संचालक समिति बैठकले सैंजुलाई कामु सीईओको जिम्मेवारी दिएको माछापुच्छ्रे क्यापिटलले जनाएको छ। यसअघि कम्पनीको कामु सीईओमा गोविन्दप्रसाद शर्मा थिए।
सैंजुसँग माछापुच्छ्रे बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा १५ वर्षभन्दा बढी काम गरेको अनुभव छ।
उनी ट्रेजरी व्यवस्थापन, प्राइभेट इक्विटी, भेन्चर फाइनान्सिङ तथा धितोपत्र व्यवस्थापनमा दक्षता राख्छन्।