हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि १८ जनाको आवेदन, अन्तर्वार्ताबाट छानिने

बिजमाण्डू
२०७८ फागुन २६ गते १३:१८ | Mar 10, 2022

काठमाडौं। हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकका लागि  १२ जनाले आवेदन दिएका छन्। उद्योग अढाइ महिनादेखि नेतृत्वविहीन छ।

Tata
GBIME

उद्योग बाणिज्य मन्त्रालयले गठन गरेको छनौट समितिले पदपूर्ति गर्नका लागि गत माघ २६ गते आवेदन खुलाएको थियो।

स्वीकृत उम्मेदवारहरुमा वीरगंजका उदयकुमार गुप्ता, हेटौंडाका कुमार खड्का, घनश्याम न्यौपाने, सन्तोषकुमार तामाङ, बाराका कृष्णप्रसाद यादव ,सर्लाहीका दिनेशकुमार यादव, नवीनकुमार कर्ण, दाङका बसन्तकुमार पाण्डे, काठमाडौंका भरत रेग्मी, भूपेन्द्रप्रसाद अर्याल, सप्तरीका राजकुमार चौधरी र नवलपसरासीका रामकिसुन गिरि छन्।

सरकारी स्वामित्वको सिमेन्ट उद्योगमा साना साना समस्या देखाएर उत्पादन ठप्प गरिँदै आएको छ। नेतृत्व नभएका कारण तलका कर्मचारीले समस्या समाधानका लागि पहल समेत लिन सकेका छैनन्।