दुग्ध विकास संस्थानमा जीएमका लागि दरखास्त माग, १० वर्षको यस्तो अनुभवीले दिन सक्छन् आवेदन

बिजमाण्डू
२०७८ माघ २५ गते १२:०० | Feb 8, 2022

काठमाडौं। सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धक पद खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भएको छ। यसका लागि दरखास्त आह्वान गर्दै सूचना जारी गरेको छ।

Tata
GBIME

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार स‌ंस्थानको व्यवस्थापकीय प्रमुख पदका लागि सूचना जारी गरेको हो। महाप्रबन्धकमा आवेदन दिने व्यक्ति ३० वर्ष पूरा भएको र ६० वर्ष ननाघेको हुनु पर्नेछ। 

यस्तै, उम्मेदवारले कृषि मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७६ को दफा ३ उपदफा २ ‘ग’ बमोजिमको शैक्षिक योग्यता हासिल गरेको हुनु पर्नेछ। साथै, कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तिमा १० वर्ष काम गरेको अनुभव हुनुपर्ने पनि सूचनामा उल्लेख छ ।

यस पदका लगि योग्य व्यक्तिले सूचना प्रकाशित गरेको २१ दिनभित्र आवेदन दिनुपर्ने छ।