लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउन्टर धनुषाको अदालतमा, एक्स्टेन्सन काउन्टरमात्रै आठ पुगे

२०७८ मंसिर १ गते १७:११

काठमाडौं। लक्ष्मी बैंकले जनकपुर उपमहानगरपालिकास्थित धनुषा जिल्ला अदालतमा एक्स्टेन्सन काउन्टर स्थापना गरेको छ ।

Tata
GBIME

नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ५० जिल्लामा एकसय ३८ शाखा र आठ एक्स्टेन्सन काउण्टरमा बिस्तार भएको छ।

यसैगरी ५ हस्पिटल सेवा काउन्टर, एकसय ६८ एटिएम, २५ सयभन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको बैंकले जनाएको छ ।

लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने जनाएको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको बैंकले जारी बिज्ञप्तीमा जनाइएको छ ।


Sunrise Bank